ODD/Conduct disoder

आचरण सम्बन्धि विकार एउटा गम्भीर व्यवहारजन्य समस्या हो जुन बालबालिका तथा किशोरकिशोरीमा देखापर्दछ । यसमा बालबालिका तथा किशोरकिशोरीहरु नियम नमान्ने, आक्रमक, विध्वंशकारी व्यवहार देखाउने तथा अरुको अधिकारलाई हनन् हुने खालका क्रियाकलाप गर्ने हुन्छन् ।

Intellectual Disability

विकास सम्बन्धी विकार भन्नाले बौद्धिक अपाङ्गता साथै अटिजम सम्बन्धी विकारहरुलाई बुझिन्छ । यस्ता विकारहरु प्राय बाल्य अवस्थाबाट शुरु हुने गर्दछन्। बालबालिका तथा किशोरकिशोरीहरुमा प्राय एक भन्दा बढि अवस्थाका लक्षणहरु सहित देखा पर्दछन् ।

Psychosis

गम्भीर मानसिक रोग किशोरकिशोरीलाई पनि हुन सक्छ जसमा उनीहरुका अनुभव, सोचाइ तथा व्यववहारमा असामान्य परिवर्तन देखिन्छ ।

Epilepsy

छारेरोग एक स्नायु सम्बन्धी नसर्ने रोग हो जसले गर्दा समय समयमा कम्पन आउने तथा बेहोस हुने हुन्छ । हाम्रो समाजमा छारेरोगसँग सम्बन्धित विभिन्न गलत धारणाहरु भएको पाईन्छ जस्तैः यो सरुवा रोग हो, झारफुक गरेर निको हुन्छ आदि । तर यो एक नसर्ने रोग हो । यो झारफुक गरेर निको हुँदैन । समयमै उचित उपचार गरि नियमित औषधी खाएमा यो रोग निको हुन्छ ।

Conversion Disorder

मानसिक तनाव, छटपटी, दुःख, पिडाहरु रुपान्तरित भई शारीरिक लक्षण (जस्तैः मुर्छा पर्ने चिच्याउने, रुने कराउने, यताउती हिर्काउने आदि) का रुपमा देखिने समस्यालाई रुपान्तरित विकार भनिन्छ ।यो समस्याको मुख्य कारक तत्व नै मानसिक तनाव हो ।

Depression

उदासिनता बालबालिका तथा किशोरकिशोरीमा पनि हुने एक प्रकारको मानसिक स्वास्थ्य समस्या हो । यसमा लगातार धेरै दिनसम्म निराश भईरहने, जोशजाँगर तथा शारीरिक शक्ति निकै कमी भएको महशुस हुने र आफूलाई पहिले एकदम मनपर्ने क्रियाकलापहरुमा पनि रुचि नहुने जस्ता लक्षणहरु देखिन्छन् । उदासिनताले गर्दा बालबालिका तथा किशोरकिशोरीको व्यक्तिगत, शैक्षिक, पारिवारीक र सामाजिक कार्य सञ्चालनमा उल्लेखनीय कठिनाईहरु देखिन सक्छ ।