ADHD

2 years ago

चकचक तथा ध्यान केन्द्रित गर्न नसक्ने विकार बालविकासको क्रममा देखिने एक व्यवहारिक समस्या हो । यसमा बालबालिकाले ध्यान केन्द्रित गर्न नसक्ने, लामो समय स्थिर हुन नसक्ने तथा अत्यधिक चकचक गरिराख्ने हुन्छ  जसले गर्दा उनीहरुको सामाजिक सम्बन्ध र सिकाई प्रक्रियामा असर गर्दछ ।

चकचक तथा ध्यान केन्द्रित गर्न नसक्ने विकारका लक्षणहरु

  • केही पनि कुरामा ध्यान दिन नसक्ने,कुनैकाम पुरा गर्न गाह्रो हुने जस्तैः गृहकार्य गर्दा धेरै गल्तीहरु हुने, विद्यालयमा पढ्न गाह्रो हुने ।
  • आवश्यकता भन्दा बढी सक्रिय हुने, चकचक गरिराख्ने, शान्त भएर बस्न वा खेल्न गाह्रो हुने ।
  • नबोल्नु पर्ने समयमा बोल्ने, आफ्नो पालो पर्खन नसक्ने, आवेगपूर्ण व्यवहार देखाउने, जस्तैः धकेल्ने, सामान फ्याँक्ने, कक्षाको पठनपाठनमा बाधा पु¥याउने ।