Suicide

2 years ago

आफ्नो जीवन आफैले समाप्त पार्ने कार्यलाई आत्महत्या भनिन्छ । नेपालमा किशोरकिशोरीको मुत्युको मुख्य कारणहरु मध्ये आत्महत्या एक प्रमुख कारण हो ।

आत्महत्या गर्नु पूर्वका सम्भावित लक्षण तथा संकेतहरु

  • अत्यधिक उदासिन, निराश र आशाविहीन हुने ।
  • लामो समयदेखि एक्लो महशूस गरिराख्ने तथा दुःखी भइराख्ने ।
  • आफूलाई दोष दिने वा अभागी ठान्ने ।
  • अस्तव्यस्त वा असुन्तुलित व्यवहारहरु देखाउने ।
  • केही गभ्भीर चोट अनुभव गरेको हुने ।
  • लामो समयसम्म दुःखाई तथा दीर्घकालीन रोगबाट पीडित भएको हुने ।
  • पहिले पनि आत्महानीवा आत्महत्याको प्रयास गरेको हुन सक्ने ।
  • आत्महत्याको विचार आएको अरुलाई बताउने ।
  • आत्महत्या गर्न सामग्रीको बन्दोबस्ती गर्ने ।
  • अन्तिम चिठ्ठी लेख्ने ।

नोटः कुनै पनि मानसिक स्वास्थ्य समस्या भएका बालबालिका तथा किशोरकिशोरहरुमा आत्महत्या गर्ने जोखिन हुन सक्छ ।

यदी माथि उल्लेखित कुनै लक्ष्णहरु देखा परेमा हाम्रो निशुल्क टोल फ्री नम्बर १६६००११०६६६ मा सम्पर्क गरी सल्लहा– सुझाबलिन सक्नु हुन्छे  ।