Depression

2 years ago

उदासिनता बालबालिका तथा किशोरकिशोरीमा पनि हुने एक प्रकारको मानसिक स्वास्थ्य समस्या हो । यसमा लगातार धेरै दिनसम्म निराश भईरहने, जोशजाँगर तथा शारीरिक शक्ति निकै कमी भएको महशुस हुने र आफूलाई पहिले एकदम मनपर्ने क्रियाकलापहरुमा पनि रुचि नहुने जस्ता लक्षणहरु देखिन्छन् । उदासिनताले गर्दा बालबालिका तथा किशोरकिशोरीको व्यक्तिगत, शैक्षिक, पारिवारीक र सामाजिक कार्य सञ्चालनमा उल्लेखनीय कठिनाईहरु देखिन सक्छ ।

उदासिनताका लक्षणहरु

  • मन एकदमै उदास वा दुःखी भैरहने, रिस उठिराख्ने ।
  • सामान्य काम गर्दा पनि चाँडै थाक्ने, जोशजाँगर नहुने तथा शरीर एकदम कमजोर हुने ।
  • आफूलाई पहिले एकदम मनपर्ने क्रियाकलापहरुमा पनि रुचि नहुने ।
  • खानपिन तथा निन्द्रा बढी वा कमी हुने ।
  • कुनै पनि कुरामा ध्यान दिन नसक्ने, शारीरिक तौल घट्ने वा बढ्ने । 
  • आत्मविश्वासमा कमी हुने ।
  • आफू र आफ्नो भविष्यप्रति नकारात्मक विचार आउने ।
  • अरुप्रति नकारात्मक विचार आउने।
  • आत्मग्लानी वा आफूलाई दोष दिने ।
  • शरीर दुख्ने वा दुखेको महशूस हुने ।
  • आत्महत्या वा आफैंलाई हानीको सोच आउने वा प्रयास नै गर्ने ।

यदी माथि उल्लेखित कुनै लक्ष्णहरु देखा परेमा हाम्रो निशुल्क टोल फ्री नम्बर १६६००११०६६६ मा सम्पर्क गरी सल्लहा– सुझाबलिन सक्नु हुन्छे  ।