विकास सम्बन्धी विकार भन्नाले बौद्धिक अपाङ्गता साथै अटिजम सम्बन्धी विकारहरुलाई बुझिन्छ । यस्ता विकारहरु प्राय बाल्य अवस्थाबाट शुरु हुने गर्दछन्। बालबालिका तथा किशोरकिशोरीहरुमा प्राय एक भन्दा बढि अवस्थाका लक्षणहरु सहित देखा पर्दछन् ।
विकास सम्बन्धी विकारका लक्षणहरु
उमेर अनुसार बस्न, उभिन, हिंड्न, दौड्न, भ¥याङ चढ्न, ओर्लन ढिलाई हुने वा नसक्ने ।
बोल्नमा, दोहोरो कुराकानी गर्नमा ढिलाई हुने वा नसक्ने ।
परिवार तथा समाजमा घुलमिल नहुुने ।
कम रुची, एक्लै खेल्ने, एकै किसिमको व्यवहार दोह¥याईरहने, आँखा नजुधाउने, बस्तुलाई देखाउनमा समस्या हुने ।
भनेको कुरा बुझ्नमा गाह्रो हुने, पढ्न, लेख्न तथा अन्य सिकाईमा ढिलाई हुने ।
उमेर अनुसार आफ्नो हेरचाह गर्न नसक्ने जस्तैः खाना खाने, दाँत माझ्ने,लुगा लगाउने, शौचालयको प्रयोग गर्न नसक्ने आदि ।
बिना कारण उत्तेजित बन्ने वा आफैंलाई चोट पु¥र्याउने व्यवहारहरु देखाउने ।
यदी माथि उल्लेखित कुनै लक्ष्णहरु देखा परेमा हाम्रो निशुल्क टोल फ्री नम्बर १६६००११०६६६ मा सम्पर्क गरी सल्लहा– सुझाबलिन सक्नु हुन्छे ।