Conversion Disorder

2 years ago

मानसिक तनाव, छटपटी, दुःख, पिडाहरु रुपान्तरित भई शारीरिक लक्षण (जस्तैः मुर्छा पर्ने चिच्याउने, रुने कराउने, यताउती हिर्काउने आदि) का रुपमा देखिने समस्यालाई रुपान्तरित विकार भनिन्छ ।यो समस्याको मुख्य कारक तत्व नै मानसिक तनाव हो । 

रुपान्तरित विकारका लक्षणहरु 

  • केही मिनेट देखि घण्टौं सम्म पनि अर्धचेत अवस्थामा हुने ।
  • केही समयका लागि शरीरका विभिन्न अङ्गहरु नचल्ने ।
  • हातखुट्टा धेरै चलाउने, यताउती हिर्काउने ।
  • सास फेर्न गाह्रो हुने ।
  • बक्ने वा काम्ने ।
  • आँखा बन्द हुने, लड्दा चोटपटक नलाग्ने, दिशापिसाब ननिस्कने ।
  • एउटै बालक वा बालिका तथा किशोरकिशोरीमा हरेक पटक फरक–फरक किसिमका लक्षणहरु देखिन सक्ने ।

नोटः प्राय यी लक्षणहरु अन्य मानिसहरु भएको बेला वा धेरै खतरा नभएको ठाउँमा देखिन्छन् ।यसमा छारेरोगमा देखिएका जस्ता लक्षणहरु (बेहोश हुने, शरीरमा चोटपटक लाग्ने,आँखा पल्टाउने, जिब्रो टोकिने, फिँज काँढ्ने, दिशापिसाब बग्ने ) हुँदैनन् ।

यदी माथि उल्लेखित कुनै लक्ष्णहरु देखा परेमा हाम्रो निशुल्क टोल फ्री नम्बर १६६००११०६६६ मा सम्पर्क गरी सल्लहा– सुझाबलिन सक्नु हुन्छे  ।