Epilepsy

2 years ago

छारेरोग एक स्नायु सम्बन्धी नसर्ने रोग हो जसले गर्दा समय समयमा कम्पन आउने तथा बेहोस हुने हुन्छ । हाम्रो समाजमा छारेरोगसँग सम्बन्धित विभिन्न गलत धारणाहरु भएको पाईन्छ जस्तैः यो सरुवा रोग हो, झारफुक गरेर निको हुन्छ आदि । तर यो एक नसर्ने रोग हो । यो झारफुक गरेर निको हुँदैन । समयमै उचित उपचार गरि नियमित औषधी खाएमा यो रोग निको हुन्छ ।  

छारेरोगका लक्षणहरु

  • केही मिनेटको लागि शरीरमाअनियन्त्रित चाल हुने वा मुठ्ठी कस्ने÷काम्ने ।
  • प्राय पूर्णरुपमा बेहोश हुने ।
  • शरीर कडा वा अरठ्ठ पार्ने ।
  • आँखा पल्टाउने ।
  • मुखबाट फिँज निस्कने ।
  • चोटपटक लाग्ने, जिब्रो टोक्ने, दिशापिसाब निस्कन सक्ने ।
  • यसमा प्राय हरेक पटक उस्तै लक्षणहरु देखिन्छन् ।
  • कम्पन तथा बेहोशी जुनसुकै समय तथा परिवेशमा हुन सक्छ ।
  • कम्पन रोकिएको केही समय सम्म टाउको दुख्ने, जिउ दुख्ने, पूर्णरुपमा होश नहुने, टोलाउने जस्ता लक्षणहरु देखिन सक्छन् ।

नोटः छारेरोग भएका बालबालिका तथा किशोरकिशोरी कुनै पनि समयमा बेहोस भई लड्ने हुँदा विशेष गरि खतरा हुने क्रियाकलापहरु जस्तैः रुख चढ्ने, सवारी साधन चलाउने, पौडी खेल्ने, आगोको छेउमा बस्ने आदि गर्नु हुँदैन ।