Anxiety
चिन्ता विकार एक मानसिक स्वास्थ्य समस्या हो जुन बालबालिका तथा किशोरकिशारीहरुमा पनि देखिन सक्छ । यस्तो समस्या भएका बालबालिका तथा किशोरकिशोरीहरुमा असमान्य प्रकारको डर महशूस गर्ने, आत्तिने, नराम्रो घट्ना हुन्छ की भनेर सोच्ने, शरीर दुखेको महशूस गर्ने आदि जस्ता शारीरिक, मानसिक, तथा भावनात्मक समस्याहरु देखिन सक्छ । यसले बालबालिका तथा किशोरकिशोरीको दैनिक जीवनलाई नकारात्मक असर पार्न सक्छ ।